काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रविधिमा आधारित पुँजीबजार विकासको लक्ष्य पूरा गर्न डिजिटल रुपान्तरणलाई प्राथमिकता दिन भएको छ।
सेबोनको आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक नीतिमा डिजिटल रुपान्तरणलाई प्राथमिकता दिएको हो। यसका लागि ब्लकचेनमा आधारित सेटलमेन्ट सिस्टममा जाने सेबोनले नीति लिएको छ।
त्यस्तै एपीआईमा आधारित क्यापिटल मार्केट इकोसिस्टम तयार गर्नेतर्फ प्रारम्भिक कार्य गर्ने, राफसाफ व्यवस्था सुधार गर्ने, साइबर सेक्युरिटी अपरेसन सेन्टर स्थापना गर्न आवश्यक तयारी गर्ने र डिजिटल केवाईसी तथा पूर्णतः पेपलेस क्यापिटल मार्केट विकास गर्दै लैजाने नीति पनि सेबोनले लिएको छ।
यी नीतिले पुँजीबजारका गतिविधि तथा कामकारबाहीलाई आधुनिक प्रविधिको प्रयोग गर्ने बनाउनुका साथै सोको सुरक्षा व्यवस्था मिलाइने सेबोनले जनाएको छ। यसले पुँजीबजार गतिविधिमा सूचना प्रविधिको प्रयोग बढ्ने सेबोनको अपेक्षा रहेको छ।












