IME Life New

सेबोनको आगामी आर्थिक वर्षको पुँजीबजार नीति सार्वजनिक, के-के आए नीतिगत व्यवस्था ? (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३।८४ को पुँजीबजार नीति सार्वजनिक गरेको छ।
सेबोनले ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’सँगै पुँजीबजार नीति पनि सार्वजनिक गरेको हो। यसमा सेबोनले पुँजीबजार विकास र सुधारका लागि विभिन्न नीतिगत व्यवस्था गरेको छ।

सेबोनले चालु आर्थिक वर्षको नीतिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि नियामकीय तथा संस्थागत सुधार तथा धितोपत्र बजारको कानुनी तथा नियामकीय सुधारसम्बन्धी नीतिगत व्यवस्था गरेको छ।

Esewa
Crest

आगामी वर्षको नीतिमा सेबोन, नेप्से र सीडीएसको संस्थागत सुदृढीकरणसँगै आवश्यक नीतिगत व्यवस्था गरिएको छ।

यसैगरी नीतिमा पुँजीबजारको विस्तार तथा विविधीकरणका लागि आवश्यक नीतिगत व्यवस्था पनि सेबोनले गरेको छ। संस्थागत ऋणपत्र बजारको विकासका लागि आवश्यक नीतिगत व्यवस्था गरिने सेबोनले जनाएको छ।

सरकारी, नगर तथा पूर्वाधार ऋणपत्र बजारको विकास तथा साना तथा मझौला उद्यम तथा स्टार्टअप पुँजीबजारको विकासका लागि नीतिगत व्यवस्था गरिने सेबोनले जनाएको छ।

sebon policy

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS