IME Life New

सरकारी स्वामित्वका बीमकहरुको अवस्था नाजुक, वित्तीय प्रदर्शन निकै कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारीका बीमा कम्पनीहरुको कमजोर वित्तीय प्रदर्शनका कारण अवस्था नाजुक देखिएको छ।

अर्थ समितिसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो। हाल सरकारी स्वामित्वका राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी छन्।

Esewa
Crest

राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था

  • तोकिएको चुक्तापुँजी अझै पुर्याउन नसकेको
  • आर्थिक वर्ष २०८०।८१ भन्दा २०८१।८२ मा खुद नाफामा गिरावट
  • लगानी हालसम्म करिब ५३ अर्ब रुपैयाँ
  • हालसम्म करिब ६ लाख सक्रिय बीमित आबद्ध ।

राष्ट्रिय बीमा कम्पनीको अवस्था

  • तोकिएको चुक्तापुँजी अझै पुर्याउन नसकेको
  • आर्थिक वर्ष २०८०।८१ भन्दा २०८१।८२ मा खुद नाफामा गिरावट
  • लगानी हालसम्म ८ अर्ब रुपैयाँ बढी

नेपाल पुनर्बीमा कम्पनी

  • चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफामा ठूलो गिरावट
  • २० अर्ब रुपैयाँभन्दा बढीको नेटवर्थ घटेर १२.५० अर्ब रुपैयाँ सीमित
  • कुल बीमाशुल्क संकलनमा समेत गिरावट आउने क्रम जारी
  • १८ अर्ब रुपैयाँ बढी लगानी।

बीमा प्राधिकरणबाट कार्यसम्पादन सुधार्न गरिएका प्रयास

  • तोकिएको पुँजी पुर्याउन निर्देशन
  • वित्तीय अवस्था सुधार्नका लागि अर्थ मन्त्रालय, बीमा प्राधिकरण र सम्बन्धित बीमकसहितको विभिन्न मितिमा त्रिपक्षीय छलफल
  • शीघ्र साधारणसभा गर्न निर्देशन
  • लेखापरीक्षण समयमा सम्पन्न गर्न, हरहिसाबको राफसाफ विवरण तथा प्रगति विवरण प्राधिकरणमा प्रत्येक १५ दिनमा पेस गर्न निर्देशन
  • समयमा लेखापरीक्षण गराउने सम्बन्धमा बीमकका उच्च व्यवस्थापन तहका कर्मचारीसँग निरन्तर बैठक तथा छलफल
  • राष्ट्रिय जीवन बीमा कम्पनीलाई आर्थिक वर्ष २०७६।७७ देखि २०७८।७९ सम्मको ३ वर्षको जोखिममा आधारित पुँजीको बीमांकीय मूल्यांकन प्रतिवेदन एकमुष्ठ ३ वर्षको गर्न सक्ने विषयमा सहुलियत दिइएको छ
  • राष्ट्रिय बीमा कम्पनीलाई २०८२ असार १२ गतेदेखि नियमित संरचना स्थापना गरी वित्त प्रमुखलाई प्रत्येक १५ दिनको प्रगति विवरण पेस गर्न निर्देशन
  • राष्ट्रिय बीमा कम्पनीका सीईओ तथा वित्त प्रमुखलाई मासिक रुपमा कार्यकारी निर्देशकलाई जानकारी दिने र अध्यक्षसहित शीर्ष व्यवस्थापनलाई २–२ महिनामा प्रगति प्रतिवेदन पेस गर्न निर्देशन
  • नेपाल पुनर्बीमा कम्पनीको राफसाफ तथा अन्य आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउँदै समयमा बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराउन नियमि छलफल, पत्राचार तथा सचेत गराउने कार्य भएको
  • फलस्वरुप नेपाल पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८०।८१ को जोखिममा आधारित पुँजीको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भई वित्तीय विवरण स्वीकृत गर्ने चरणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS