काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रविधिमा फड्को मारेको छ। चालु आर्थिक वर्ष २०८२।८३ मा प्राधिकरणले विभिन्न प्रणाली ल्याएर प्रविधिमा फड्को मारेको हो।
आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको थियो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका थिए।
छलफलका क्रममा बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा भित्र्याएको प्रविधिका विषयमा जानकारी गराएको थियो।
यस्ता छन् प्राधिकरणले भित्र्याएको प्रविधि
- डिजिटल निर्णय प्रक्रियासम्बन्धी प्रणाली
- डिजिटल हस्ताक्षर
- डिजिटल दर्ता र चलानी
- लगानीको एयरमार्क गर्ने प्रणाली
- मेडिकल इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम
- अभिकर्ता तथा सर्भेयरको परीक्षा सञ्चालन प्रणाली
- डिजिटल विदेशी मुद्रा सटही सिफारिस प्रणाली
- कृषि बीमामा बीमा जारी गर्ने तथा भुक्तानी गर्ने एएलआईएस प्रणाली
- बीमा दाबीमा आवश्यक प्रहरी प्रतिवेदनसम्बन्धी प्रणाली
प्राधिकरणले अधिकांश कामकाज कागजरसहित प्रणालीबाटै हुने गरेको पनि जानकारी गराएको छ।












