IME Life New

बालबालिकाको खाता खोल्न बैंकले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दा सर्वसाधारणको खल्ती रित्तिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिकाको नाममा बैंक खाता खोल्न तथा शेयर कारोबारका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि सर्वसाधारण अभिभावकको टाउकोमा अनावश्यक खर्च भार बढेको छ।

बालबालिकाको नाममा संरक्षक वा अभिभावकले कारोबार गर्नका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बरसमेत उल्लेख गरेर जन्मदर्ता प्रमाण पत्र पेस गर्न बैंक वित्तीय संस्था तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त संस्थाले बाध्य बनाएका छन् ।

Esewa
Crest

यसअघि नै स्थानीय तहमा शुल्क तिरेर जन्मदर्ता गराएकाहरु राष्ट्रिय परिचयपत्र नम्बर समावेश गराएर जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न थप शुल्क भुक्तानी गर्नुपर्ने बाध्यता छ। जन्मदर्ता गर्दा २०० रुपैयाँ शुल्क तिरेका अभिभावकले राष्ट्रिय परिचयपत्र नम्बर समावेश गरेर जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न ५०० रुपैयाँसम्म सेवाशुल्क भुक्तानी गर्नुपर्छ।

राष्ट्रिय परिचयपत्र नम्बरको प्रावधान सरकारले लागू गरेको हो। यसको कार्यान्वयनका लागि सर्वसाधारण अभिभावकले स्थानीय तहमा अनावश्यक सेवाशुल्क भुक्तानी गर्नुपरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS