IME Life New

बीमा प्राधिकरणको अध्यक्ष पाैडेललाई डाँकेर संसदको अर्थ समितिले भोलि गर्दैछ यी विषयमा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बीमा क्षेत्रका विभिन्न विषयहरूमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पाैडेलसँग मंगलबार बिहान छलफल गर्ने भएको छ।

अर्थ समितिले प्रकाशन गरेको सूचना अनुसार, समितिले बीमा प्राधिकरणसँग बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौती, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू र आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणबाट भएगरेका मुख्य कामकारवाही सम्बन्धमा जानकारी लिइनेछ ।

Esewa
Crest

यसबाहेक सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पछिल्लो ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणबाट भएको नियामकीय पहलबारे पनि समितिले चासो राख्ने भएको छ।

सरकारले हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रवर्द्धकहरूसहित ७ वटा बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू विरूद्ध कारवाहीका लागि हालै दायर गरेको फाैजदारी अभियोगको मुद्दा चलाएको छ। अन्य निकायले अनुसन्धानका क्रममा गडबडी फेला पारेपछि मात्र बीमा प्राधिकरणले अनुसन्धानमा चासो देखाएको भन्दै प्राधिकरणको नियामकीय क्षमतामा नै चाैतर्फी प्रश्न उठेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS