IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८३ बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा अस्पताल डडेलधुरामा हालै शल्यक्रिया गरिएको हो ।

शल्यक्रियाका लागि ११ जनालाई नै अस्पताल लगिए पनि दुई जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव भएन । यसअघिका दुई वटै शिविरमा गरी सात सय जना भन्दा बढीको निःशुल्क आँखा परीक्षण गर्नुका साथै ४८७ जनालाई चश्मा र ६०० जनालाई औषधी वितरण गरिएको थियो ।

Esewa
Crest

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS