IME Life New

बीमकहरुमा ‘एनएफआरएस १७’ कार्यान्वयन गराउन प्राधिकरणले ल्यायो नयाँ गाइडलाइन, यस्ता छन् उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुका लागि ‘एनएफआरएस १७’ कार्यान्वयन गराउन ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अन इन्स्योरेन्स कन्ट्राक्टस्’ सम्बन्धी दिशानिर्देश (गाइडलाइन) २०८३ जारी गरेको छ। यो दिशानिर्देश असार २८ गतेबाट लागू भएको छ।

प्राधिकरणका अनुसार यो दिशानिर्देश इजाजतप्राप्त सबै प्रकारका बीमाका लागि लागू गरिएको छ। बीमकहरुको वित्तीय प्रतिवेदन र खुलासाको विश्वसनीयता, तुलनात्मकता र समग्र गुणस्तर सुधार गर्न बीमा सम्झौताहरुमा एनएफआरएस १७ कार्यान्वयन गर्न एकरुप र पारदर्शी रुपरेखा स्थापना गर्नु आवश्यक रहेको प्राधिकरणको भनाइ छ। ‘त्यसैले बीमा ऐनले प्रदान गरेको अधिकार प्रयोग गर्दै यो दिशानिर्देशन जारी गरिएको हो’, प्राधिकरणले भनेको छ।

Esewa
Crest

बीमा कम्पनीहरुद्वारा बीमा सम्झौताहरुमा (एनएफआरएस १७ को प्रभावकारी कार्यान्वयनलाई समर्थन गर्न एउटा बलियो नियामक ढाँचा स्थापनाका लागि यो दिशानिर्देश ल्याइएको प्राधिकरणले जनाएको छ। यस दिशानिर्देशले बीमा क्षेत्रमा बीमा सम्झौताहरुको पहिचान, मापन, प्रस्तुतीकरण र खुलासामा पारदर्शिता, विश्वसनीयता, एकरुपता र तुलनात्मकता प्रवर्द्धन गर्ने प्राधिकरणको विश्वास छ।

एनएफआरएस १७ कार्यान्वयनसँग सम्बन्धित शासन व्यवस्था, जबाफदेहीता संरचना र प्रमाणीकरण जिम्मेवारीहरु स्पष्ट पार्न यो दिशानिर्देशन सहयोग पुर्याउनेछ। जसमा व्यवस्थापन, सञ्चालक समिति, नियुक्त एक्चुअरी, बाह्य लेखापरीक्षक र अन्य सरोकारवालाको सम्बन्धित भूमिका समावेश छन्।

प्राधिकरणका अनुसार यस दिशानिर्देशले बीमा कम्पनीहरुको आकार, प्रकृति र जटिलतालाई ध्यानमा राख्दै डाटा आवश्यकता, प्रणाली र नियन्त्रणमा व्यावहारिक मार्गदर्शन प्रदान गर्नेछ।

यसैगरी व्यवस्थापन जबाफदेहीता कायम राख्दै र राम्रो व्यावसायिक निर्णयलाई अनुमति दिँदै एनएफआरएस १७ कार्यान्वयन गर्न प्रगतिशील र जोखिममा आधारित पर्यवेक्षकीय दृष्टिकोणलाई यस दिशानिर्देशले सहयोग पुर्याउने प्राधिकरणको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS