काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ६० अंकले घटेर २,५७० को विन्दुमा कायम भउको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९ ८८ को इकाई कारोबार भएको छ । आज यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । एनआइसी एशिया डिबेञ्चर २०८५ ८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ । एभरेष्ट बैंक डिबेञ्चरको ३७ करोड १० लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यसका लगाानीकर्ताले ५ दशमलव ३७ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चर २०८६ का यकाईधनीले ५ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशमलव २८ प्रतिशतका दरले गुमाएका हुन् ।












