IME Life New

एकीकृत सूचना प्रविधि प्रणालीमा गडबडीपछि बीमा सर्भेयरको विवरण अध्यावधिक गर्ने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरूलाइ रोजेको क्षेत्रको ‘पोर्टफोलियो’ को इजाजत पत्र कायम गर्न अध्यावधिक व्यक्तिगत विवरणसहित निवेदन पेश गर्ने म्याद थपेको छ।

प्राधिकरणको एकीकृत सूचना प्रविधि प्रणालीमा प्राविधिक गडबडी देखिएपछि प्राधिकरणले साउन १० गतेसम्मका लागि अवधि थपेको हो। यसअघि असार २६ गतेसम्मका लागि म्याद तोकेको थियो ।

Esewa
Crest

प्राधिकरणले बीमाकृत सम्पत्तीको प्रकृती र जोखिमको प्रकृतीका आधारमा र सम्बन्धित सर्भेयरको विषयगत दक्षताका आधारमा  ‘पोर्टफोलियो’ अर्थात् जोखिम मूल्याङ्कन वा क्षति मूल्याङ्कनको क्षेत्र छुट्याइ दिने गरेको छ।

प्राधिकरणले आफूले क्षति मूल्याङ्कनका लागि रोजेको क्षेत्रको ‘पोर्टफोलियो’ को इजाजत पत्र कायम गर्न व्यक्तिगत पहिचान विवरण अध्यावधिक गर्न र ‘पोर्टफोलियो’  उल्लेख गरी निवेदन पेश गर्न निर्देशन जारी गरेको छ।

 

नेपाल बीमा प्राधिकरणले असार १६ गते जारी गरेको पहिलो सूचना

प्राधिकरणले एकीकृत सूचना व्यवस्थापन प्रणाली बीमा सर्भेयरको व्यक्तिगत विवरण अध्यावधिक गर्ने क्रममा प्राप्त हुने  Code  संकेत प्रयोग गरेर भविष्यमा समेत आफ्नो  खातामा रहेको विवरणमा पहुँच प्राप्त गर्न सकिने हुँदा सुरक्षित राख्नुहुन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS