IME Life New

स्वास्थ्य मन्त्रालय अन्तर्गतका आधा दर्जन् प्रतिष्ठानमा प्रधानमन्त्री शाहले गरे उपकुलपति नियुक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका  विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरु नियुक्त गरेका छन्।  गरेको सिफारिशका आधारमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री  शाहले उपकुलपति छनाैट समितको सिफारिशका अाधारमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्य छन्। यसैगरी  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन्।

Esewa
Crest

यसबाहेक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान नियुक्ति पाएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।

उपकुलपति पदमा नियुक्तिका लागि ११३ जनाले आवेदन दिएका थिए। तीमध्ये जम्मा ४२ जना अन्तिम सूचीमा समावेश गरिएका थिए। सिफारिश समितिले प्राप्त आवेदनमध्ये अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS