IME Life New

सिटिजन्स बैंकद्वारा बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाका दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्ला, बाँसगढी नगरपालिका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो। उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत प्रदान गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थी ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभाव हुँदा विद्यार्थीहरूको पठनपाठनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकले दृष्टिविहीन विद्यार्थीहरूलाई गुणस्तरीय ब्रेल पेपर, ए(ग्रेड ब्रेल स्टाइलस, ए(ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा स्क्रिन रिडर सफ्टवेयरसहितको कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

बैंकका अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS