IME Life New

मेटलाइफ नेपाल लगातार दोस्रो पटक ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ । यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित छ । यस वर्ष ८७ % कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन् ।

ग्रेट प्लेस टु वर्क कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गर्ने विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो। यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको मूल्यांकन गर्छ ।

Esewa
Crest

ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस कुलीनले भने, ग्रेट प्लेस टु वर्क प्रमाणपत्र प्राप्त गर्नु अत्यन्त प्रतिष्ठित उपलब्धि हो । यसका लागि कर्मचारी अनुभवलाई निरन्तर र उद्देश्यपूर्ण रूपमा उत्कृष्ट बनाइराख्नुपर्ने हुन्छ । यो प्रमाणपत्र कर्मचारीहरूले आफ्नै संस्थाको कार्यसंस्कृतिबारे दिएको वास्तविक तथा प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिने एकमात्र आधिकारिक मान्यता हो ।

मेटलाइफ नेपालले यो मान्यता लगातार दोस्रो पटक प्राप्त गर्नुले यसले आफ्ना कर्मचारीका लागि उत्कृष्ट कार्य वातावरण प्रदान गर्ने अग्रणी संस्थामध्ये एक भएको स्पष्ट देखाउँछ ।

यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने, लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क को मान्यता प्राप्त गर्नु मेटलाइफ नेपालका लागि अत्यन्त गर्वको विषय हो । यो उपलब्धि हाम्रो कार्यसंस्कृतिप्रति कर्मचारीहरूले देखाएको विश्वास, समर्पण र सहकार्यको भावनाको प्रतिफल हो । हामी प्रत्येक सहकर्मीले आफूलाई सम्मानित, सशक्त र आफ्नो पूर्ण क्षमता हासिल गर्न प्रेरित महसुस गर्ने समावेशी तथा सकारात्मक कार्य वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौं ।

गत एक वर्षमा मेटलाइफ नेपालले आधुनिक प्रविधियुक्त प्रमुख कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा सम्बन्धी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै कर्मचारी अनुभवलाई अझ सुदृढ बनाएको छ ।

ग्रेट प्लेस टु वर्कको अनुसन्धानअनुसार, प्रमाणित कार्यस्थलमा रोजगारी खोज्ने व्यक्तिहरूले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४.५ गुणा बढी हुन्छ । साथै, यस्ता संस्थामा कार्यरत कर्मचारीहरू काममा आउन उत्साहित हुने सम्भावना ९३% बढी हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS