IME Life New

एसियाली बजारमा प्रविधिको बढ्दो प्रयोगका बीच बीमा र पुनर्बीमा आवश्यकः स्विस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यपूर्व द्वन्द्वका कारण एसियाली बीमा कम्पनीहरु र विश्वव्यापी बीमा उद्योगले आपूर्ति अवरोध तथा सामानको स्वतन्त्र प्रवाहमा अवरोधको सामना गरिरहेका छन्। विश्वव्यापी पुनर्बीमाकर्ता स्विस रिको पछिल्लो सिग्मा प्रतिवेदन ‘वर्ल्ड इन्स्योरेन्स इन २०२६ः सक अब्सोर्बरर्स इन ब फर्यागमेन्टेन्ड वर्ल्ड’ले यस्तो देखाएको हो।

मध्यपूर्व द्वन्द्व पछिल्लो ६ वर्षमा चौथो झट्का रहेको स्विस रिले जनाएको छ। ‘विश्वको समुद्री तेलको लगभग पाँचौँ भाग प्रवाह गर्ने स्ट्रेट अफ होर्मुजमार्फत व्यापार पुनः सुरु भए पनि विश्वव्यापी आपूर्ति दृष्टिकोण कमजोर छ’, प्रतिवेदनमा भनिएको छ।

Esewa
Crest

यद्यपि, प्रतिवेदनमा मध्यपूर्व जोखिमको ‘प्रतिधार’ कृत्रिम बुद्धिमत्ता (एआई)को विश्वव्यापी निर्माण हो। जसलाई प्रविधिको बढ्दो प्रयोगका बीचमा प्रक्रियाभरि बीमा र पुनर्बीमा आवश्यक पर्दछ।

स्विस रिले यसलाई एसियाली अर्थतन्त्रहरुका लागि विशेष रुपमा लाभदायक रहेको उल्लेख गरेको छ। ‘एसियाका केही भागहरुमा बढ्दो सेमीकन्डक्टर निर्यातले उच्च तेल मूल्यको प्रभावलाई धेरै हदसम्म कम गरेको छ’, प्रतिवेदनमा भनिएको छ।

स्विस रि ग्रुपका प्रमुख अर्थशास्त्री जेरोम जीन हेगेलीले भूराजनीतिक खण्डीकरणले अझै पनि यी वृद्धि अवसरहरुलाई कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। ‘म एउटा उदाहरण दिन सक्छु कि एसिया जहाँ तपाइँ खण्डीकरण जोखिम देख्नुहुन्छ र यो केवल पुँजी बजारमा मात्र नभएर सेमीकन्डक्टरमा निर्यात प्रतिबन्ध वा संवेदनशील प्रविधिहरुमा प्रत्यक्ष विदेशी लगानीमा प्रतिबन्धहरु पनि हो। विशेषगरी आजको एआईका लागि विश्वव्यापी दौडमा र डिजिटल र भौतिक पूर्वाधारमा पनि।’

यस स्तरमा लगानी मध्यम अवधिमा महँगी हुन सक्छ किनकि डाटा सेन्टरहरु, विद्युतीकरण र नयाँ कारखानाहरुले समान ऊर्जा, ग्रिड क्षमता तथा निर्माण स्रोतहरुका लागि प्रतिस्पर्धा गर्छन्। प्रतिवेदनमा भनिएको छ, ‘यसले वृद्धिलाई बढावा दिँदै लागत दबाब बढाउन सक्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS