काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटै समूह घटेको छ। यो दिन म्युचुअल फन्ड समूह ०.११ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक १.७० प्रतिशतले घटेको छ।
आज बजारमा २५ कम्पनीको शेयरभाउ बढ्दा २४७ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार केबीएल डिबेन्चरको भएको छ।
उच्च कारोबार भएका शेयर र डिबेन्चर
- केबीएल डिबेन्चर–८९ः ६२ करोड ३९ लाख रुपैयाँ
- एनसीसी डिबेन्चरः ४३ करोड ६० लाख रुपैयाँ
- सानिमा डिबेन्चरः २१ करोड ९३ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १३ करोड ३७ लाख रुपैयाँ
- सिटिजन्स बैंक डिबेन्चरः १० करोड ३५ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंक डिबेन्चरः ९ करोड ७९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ३३ लाख रुपैयाँ
- माछापुच्छ्रे बैंक डिबेन्चरः ९ करोड ३२ लाख रुपैयाँ
- केबीएल डिबेन्चर–८६ः ८ करोड २२ लाख रुपैयाँ
- सानीगड हाइड्रोः ७ करोड ८४ लाख रुपैयाँ












