IME Life New

बैंकहरुको वित्तीय लागत घटाएर प्रतिफल ग्राहकलाई हस्तान्तरण गर्ने राष्ट्र बैंकको नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय लागत घटाएर प्रतिफल ग्राहकमा हस्तान्तरण गर्ने नीति लिने भएको छ।

केन्द्रीय बैंकले आज आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो नीति अवलम्बन गर्न लागिएको जानकारी गराएको हो। मौद्रिक नीतिको प्रसारलाई प्रभावकारी बनाउँदै लैजान वित्तीय क्षेत्रमा सुधार र बैंक तथा वित्तीय संस्थाको शाखा व्यवस्थापन तथा डिजिटाइजेसनमार्फत वित्तीय लागत न्यून गराई सोको प्रतिफल ग्राहकमा हस्तान्तरण गरी उपभोक्ताले प्राप्त गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजाने नीति लिइने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यसैगरी बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सोहीअनुरुप बैंक, वित्तीय संस्था तथा गैरबैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्थाहरु क्रमशः लागू गरिने केन्द्रीय बैंकको नीति रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS