IME Life New

बीमितलाई केवाईसी अपडेट गर्न सानिमा रिलायन्स लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधि (अपडेट) गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। कम्पनीका विद्यमान ग्राहकको केवाईसीलगायत अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएकोले ग्राहकले पहिचान खुल्ने कागजात राष्ट्रिय परिपचपत्र, नागरिकता, राहदानी तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, ठेगाना, सम्पर्क नम्बर, ई–मेल, पेसा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएको भए आवश्यक कागजातसहित नजिकैको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई केवाईसी अनिवार्य रुपमा अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

कार्यालयमा उपस्थित हुन असमर्थ ग्राहकले आफ्नो सम्बन्धित अभिकर्ता वा कम्पनीको वेबसाइटबाट पनि केवाईसी फाराम डाउनलोड गरी कम्पनीको ग्राहक सेवा विभागमा ई–मेल तथा ह्वाट्सएपमा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ को निर्देशन ९(२)बमोजिम कम्पनीले यो सूचना जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS