काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा सोमबार अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एडीबीका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे।
भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरुको उच्च प्राथमिकतामा रहेको बताए।












