काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा आज असार २२ गते सम्पन्न गरेको छ । नौविसे एग्रो रिसोर्ट, धादिङमा सम्पन्न भएको हो । संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन् ।
सभाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले टेकराज भट्ट संस्थागत शेयरधनी प्रतिनिधि, नविल बैंक लि., भेषराज गौतम संस्थागत शेयरधनी प्रतिनिधि, लुम्विनी विकास बैंक लि, कृष्ण प्रसाद न्यौपाने संस्थागत शेयरधनी प्रतिनिधि, डिप्रोक्स नेपाल, डा.भृगुऋषि दुवाडी संस्थापक शेयरधनी र सीता लुईटेल सर्वसाधारण शेयरधनीबाट प्रतिनिधि, (रिक्त) लाई नियुक्त गरेको जनाएको छ ।
सभाले शेयर संरचना परिवर्तन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रस्ताव आएमा त्यसका लागि सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।












