IME Life New

लगातार सबैभन्दा धेरै सुन किन्दै युरोपको यो साना देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनवरीको अन्त्यतिर सुनको मूल्य उच्चतम स्तरमा पुगेको थियो। तर, त्यसपछि यसको मूल्य घटेको छ।

जुनमा सुनको मूल्य लगातार चार हप्तासम्म घट्यो। त्यसअघि मे महिनामा विश्वभरका केन्द्रीय बैंकहरुले कुल ४१ टन खरिद गरे। जुन नोभेम्बर सन् २०२५ पछिको सबैभन्दा ठूलो मासिक खरिद हो।

Esewa
Crest

युरोपेली देश पोल्यान्डले लगातार दोस्रो महिनामा उल्लेखनीय मात्रामा सुन खरिद गरेको छ। यसको केन्द्रीय बैंकले मे महिनामा १८ टन खरिद गर्यो। जसले गर्दा यस वर्ष यसको कुल खरिद ६४ टन पुगेको छ। पोल्यान्डको भण्डारमा अब ६१४ टन छ र यो ७०० टनको लक्ष्य नजिक पुगेको छ।

यसअघि अप्रिलमा विभिन्न देशका केन्द्रीय बैंकहरुले १७ टन सुन खरिद गरेका थिए। सुनको मूल्यमा आएको गिरावटपछि केन्द्रीय बैंकहरुले फेरि एकपटक सुन खरिद गर्न थालेका छन्। मे महिनामा पोल्यान्डपछि चीनले सबैभन्दा धेरै १० टन सुन खरिद गर्यो। त्यसैगरी उज्बेकिस्तान र काजाकिस्तानले पनि आफ्नो सुन खरिद जारी राखेका छन्।

सबैभन्दा धेरै सुन कसले किन्यो ?

उज्बेकिस्तानको केन्द्रीय बैंकले मे महिनामा ९ टन सुन खरिद गर्यो। जब कि काजाकिस्तानले ७ टन खरिद गर्यो।

सिंगापुरले पनि मे महिनामा सुन खरिद गरेको थियो। यसको केन्द्रीय बैंकले ४ टन सुन खरिद गरेको थियो। जुन सन् २०२५ सेप्टेम्बरपछिको पहिलो मासिक खरिद हो। यस महिना सुन बेच्ने अन्य देशमा टर्की (३ टन) र रुस (६ टन) थिए। यस वर्ष अहिलेसम्म टर्कीले ८१ टन र रुसले ३४ टन सुन बेचेको छ।

पोल्यान्डपछि उज्बेकिस्तानले यस वर्ष सबैभन्दा धेरै सुन खरिद गरेको छ। मध्य एसियाली देशको केन्द्रीय बैंकले ३३ टन खरिद गरेको छ। चीनले २५ टन र काजाकिस्तानले २० टन खरिद गरेको छ।

काजाकिस्तानको आधिकारिक सुन भण्डार ३६१ टन रहेको छ। जुन यसको कुल भण्डारको ७८ प्रतिशत हो।

चीनको आधिकारिक सुन भण्डार अहिले यसको कुल भण्डारको ९ प्रतिशत वा लगभग २ हजार ३३१ टन हो। सिंगापुरको कुल सुन भण्डार १९७ टन पुगेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS