काठमाडौं । प्राकृतिक प्रकोप बीमा दीर्घकालीन रुपमा नाफामुखी रहने अपेक्षा गरिएको छ। तर, आर्थिक र बीमाकृत दुवै घाटा मध्यमदेखि दीर्घकालीन रुपमा देशहरुको जीडीपी वृद्धिभन्दा बढी हुनेछ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले एसिया प्रशान्तको बीमा क्षेत्रको नाफा वृद्धि सम्भवतः बलियो सार्वजनिक क्षेत्र योजनाहरु र रचनात्मक नियमनद्वारा समर्थित नवीन उत्पादनहरुबाट सञ्चालित हुने जनाएको छ। रेटिङ एजेन्सीले विपद् कभरेजको बढ्दो मागको पछाडि सम्पत्ति सिर्जना, सहरीकरण र जलवायु परिवर्तनलाई प्रमुख चालकका रुपमा पनि पहिचान गरेको छ।
यद्यपि, फिचको प्रतिवेदनमा किफायती चिन्ता, क्षमता अवरोध, डाटा अभाव र कमजोर कानुनी ढाँचाजस्ता मुद्दाले बीमा उद्योगका लागि दीर्घकालीन फ्रान्चाइज घाटा निम्त्याउन सक्ने चेतावनी दिइएको छ। यी जोखिमलाई कम गर्न र बीमा कभरेज अन्तरलाई फराकिलो हुनबाट रोक्न फिच रेटिङ्सले पोलिसी निर्माता, पर्यवेक्षक र बीमा कम्पनीहरुले अन्य समाधानका उपाहरु कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्ने सुझाव फिचले दिएको छ।
यसका लागि लघुबीमा, प्यारामेट्रिक कभर र बीमा–लिंक गरिएको धितोपत्रहरुका साथै जलवायु अनुकूलन उपाय, जोखिम–साझेदारी संयन्त्र र सरकार–समर्थित पुनर्बीमा योजनाहरु समावेश छन्। –एजेन्सी












