काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव २९ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब ५५ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको शेयर भएको छ । सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













