IME Life New

युरोपमा गर्मीको ताण्डव, डढेलोले फ्रान्डका जंगलहरु हुँदै सखाप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपमा गर्मीको लहरको प्रभाव अब फ्रान्समा स्पष्ट रुपमा देखिन थालेको छ। फ्रान्सको दक्षिणी भागमा धेरै जंगल र वरपरका क्षेत्रहरुमा डढेलोे लागेको छ।

तीव्र हावा र लामो समयसम्मको खडेरीका कारण डढेलो द्रुत गतिमा फैलिरहेको छ। स्थिति नियन्त्रण गर्न लगभग २ हजार अग्निनियन्त्रक, हेलिकप्टर र अग्निनियन्त्रक विमानहरु खटाइएको छ। धेरै क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

Esewa
Crest

सुक्खा जमिन र तेज हावाले दक्षिणी फ्रान्सको भूमध्यसागरीय तटमा रहेको जंगलमा लागेको डढेलो फैलिँदै गएको छ। धेरै ठाउँमा धुँवाको बाक्लो मुस्लो आकाशमा उडेको छ र डढेलोे आवासीय क्षेत्रहरुमा पुग्न थालेको छ।

स्पेनी सीमा नजिकै रहेको कान्स–एन–रुसिलनमा डढेलो सबैभन्दा तीव्र रुपमा फैलिएको छ। मरिनामा पार्क गरिएका याटहरु र धेरै गोदामहरु डढेलोले सखाप भएका छन्। अधिकारीहरुले सावधानीका रुपमा क्याम्प साइटहरुबाट लगभग १ हजार ५०० मानिसलाई बाहिर निकालेका छन्। जब कि नजिकैको पर्पिग्नन विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ।

फ्रान्समा हाल लगभग २ हजार अग्निनियन्त्रक राहात र उद्धार कार्यमा संलग्न छन्। कान्स–एन–रुसिलनमा मात्र डढेलो निभाउन ४ हेलिकप्टर तैनाथ गरिएको छ। ३ क्यानडायर अग्नि नियन्त्रक विमान तयारी अवस्थामा छन्।

फ्रान्सको दोस्रो ठूलो सहर मार्सेलीको बाहिरी इलाकामा रहेको २ वटा डढेलो नियन्त्रणमा ल्याइएको छ। यद्यपि, औडे क्षेत्रमा लागेको ठूलो डढेलो अझै पनि चुनौतीपूर्ण छ। लगभग ७०० अग्नि नियन्त्रक निरन्तर काम गरिरहेका छन्। तर, प्रतिघन्टा ७० किलोमिटरसम्मको हावाले उद्धार प्रयासमा बाधा पुर्याइरहेको छ।

फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले भने कि यस वर्ष अहिलेसम्म देशको ८ हजार ७०० हेक्टरभन्दा बढी जमिनमा डढेलो लागेको छ। जसमध्ये १ हजार २०० हेक्टर क्षेत्र द्रुत गतिमा जलिरहेको छ। स्थानीय अधिकारीका अनुसार, डढेलो औद्योगिक क्षेत्रमा पुगेको छ। जहाँ धेरै कारखानाले ज्वलनशील र प्रदूषणकारी सामग्री भण्डारण गर्छन्। त्यसैले त्यहाँ बढ्दो सावधानी अपनाइएको छ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले गत साता चेतावनी दिएको थियो कि लामो समयसम्म तीव्र गर्मी, कम आद्र्रता र सुक्खा वनस्पतिले वनमा डढेलोको जोखिम र यसको द्रुत फैलावट बढाउँछ। फ्रान्सेली मौसम एजेन्सीले अर्को हप्ता अर्को गम्भीर गर्मीको लहरको पनि भविष्यवाणी गरेको छ। जसले वनमा डढेलोको जोखिम अझ बढाउँछ।

स्वास्थ्य अधिकारीहरुको अनुमान छ कि जुनको अन्त्यतिर रेकर्ड गर्मीको लहरमा फ्रान्समा थप १ हजारजनाको मृत्यु भएको हुन सक्छ। फ्रान्समा भएको जंगलमा लागेको आगोले अत्यधिक गर्मीको प्रभाव बढ्दो तापक्रममा मात्र सीमित छैन भन्ने देखाउँछ। जब सुक्खा जमिन, कम आद्र्रता र तेज हावा एकसाथ आउँछ तब जंगलमा डढेलोको जोखिम तीव्र रुपमा बढ्छ। पछिल्लो मौसम चेतावनीका बीचमा फ्रान्समा राहात र उद्धार कार्य जारी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS