IME Life New

भारतमा ४ वर्षअघि बीमाकर्मीको हत्यामा आरोपीलाई जन्मकैदको फैसला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा ग्रेट नोएडामा ४ वर्षअघि बीमाकर्मीको हत्या आरोपीलाई जन्मकैदको फैसला सुनाइएको छ।

जिल्ला न्यायालयले करिब ४ वर्षअघि बीमा कम्पनीका कर्मचारी राज कुमारको हत्या र लुटेको घटनामा पश्चिम बंगालका आफताब खानलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। योसँगै न्यायालयले मृतककी पत्नी खुशबू उर्फ ज्योतिलाई क्षतिपूर्तिका रुपमा भारु १ लाख ५० हजार दिन पनि आदेश दिएको छ।

Esewa
Crest

राज कुमार मथुराको वेस्ट प्रताप नगरका बासिन्दा थिए। उनी नोएडाको सेक्टर ३९ थाना क्षेत्रको सदरपुर कोलोनीमा भाडामा बस्दै आएका थिए। उनी एउटा निजी बीमा काम गर्थे।

थुप्रै दिनसम्म सम्पर्कविहीन भएपछि राज कुमारको भाडाको कोठामा परिवारजन प्रहरीसहित पुगेका थिए। कोठामा बाहिरबाट ताला लगाइएको थियो। ताला फोडेर खानतलासी गर्दा राज कुमारको शव फेला परेको थियो।

मृतकका भाइ ललित कुमारले हत्याको आशंका गरेपछि प्रहरी घटनाको अनुसन्धान अगाडि बढाएको थियो। त्यस क्रममा प्रहरीले मृतकको मोबाइल फोनको आईएमईआई ट्रयाकिङ गरेको थियो। त्यसक्रममा मोबाइल फोनमा राखिएको सीमा आरोपी आफताबल खानको नाममा रजिस्ट्रेसन रहेको पत्ता लाग्यो।

लोकसनका आधारमा पुगेको प्रहरीले खानलाई पक्राउ गर्नुका साथै उनको साथबाट मृतकको मोबाइल र ल्यापटप बरामद गरेको थियो। प्रहरी अनुधानका क्रममा राज कुमार र खानबीच पैसा लेनदेनको विवाद रहेको खुलेको छ। यही रिसइबीका कारण खानले राज कुमारको सिरानीको खोलले घाँटी दबाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS