काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।












