IME Life New

सरकारको पूर्वाधार पुनर्निर्माण कोषमा रु. १० हजारभन्दा बढी रकम योगदान गर्नेले प्रमाणपत्र पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले भौतिक पुनर्निर्माण कोषमा १० हजार रुपैयाँभन्दा बढी रकम योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। मन्त्रालयले धन्यवाद ज्ञापन गर्न प्रमाणपत्र तयार गरिसकेको छ। प्रमाणपत्रमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

मन्त्रालयका अनुसार प्रमाणपत्र तयार भए पनि योगदानकर्ता व्यक्ति र संस्थाको ठेगानामा पुर्याउन स्पष्ट ठेगाना र फोन नम्बर उपलब्ध हुन सकेको छैन। त्यसैले १० हजार रुपैयाँभन्दा बढी योगदान गर्नेहरुले मन्त्रालयको जिन्सी शाखामा सम्पर्क गरी आआफ्नो प्रमाणपत्र प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भौतिक संरचनाको पुनर्निर्माण, मर्मतसम्भार, आर्थिक पुनरुत्थान, राहात र पुनस्र्थापनासम्बन्धी कार्य गर्न उक्त कोष स्थापना गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS