IME Life New

इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई रु. १० लाखसम्म जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’लाई संशोधन गर्दै कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि सख्त कारबाहीको व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार अब इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने पम्पहरुलाई पहिलोपटक ३ लाख रुपैयाँ जरिवाना र ५ दिनका लागि आपूर्ति बन्द गरिएको छ।

Esewa
Crest

यसैगरी दोस्रोपटक पनि त्यस्तै अनुचित कार्य गरेमा पेट्रोल पम्पलाई ६ लाख रुपैयाँ जरिवानाका साथै १० दिन इन्धन आपूर्ति बन्द र तेस्रोपटकमा १० लाख रुपैयाँ जरिवाना र १५ दिन आपूर्ति बन्द गरिने व्यवस्था सरकारले ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS