काठमाडौं । शेयर बजार बिहीबार बढेको छ। नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक २.०४ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।
बजारमा आज १०८ कम्पनीको शेयरभाउ बढ्दा १५२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ। आज ४ वटा ऋणपत्र शीर्ष १० कारोबारभित्र परेका छन्।
उच्च कारोबार भएका १० कम्पनी र डिबेन्चर
- लक्ष्मी सनराइज बैंकः ४१ करोड ३२ लाख रुपैयाँ
- एनआईसीए डिबेन्चरः ४० करोड ७७ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः २५ करोड २९ लाख रुपैयाँ
- ईडीबीएल डिबेन्चरः १६ करोड ९४ लाख रुपैयाँ
- नबिल बैंकः १२ करोड १५ लाख रुपैयाँ
- एसबीएल डिबेन्चर८९ः ११ करोड ६९ लाख रुपैयाँ
- एसबीएल डिबेन्चर८४ः ८ करोड ९७ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः ८ करोड ८५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ८ करोड ३८ लाख रुपैयाँ
- सहास ऊर्जाः ८ करोड २ लाख रुपैयाँ












