IME Life New

न्यूनतम पुँजीकोष अनुपात कायम नगर्ने ५ लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही, यी कार्यमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका ५ लघुवित्त संस्थामाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सीवाईसी लघुवित्तमाथि कारबाही गरेको हो। यी लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शीघ्र सुधारात्मकसम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

कारबाहीमा परेका लघुवित्तहरुको न्यूनतम पुँजीकोष राष्ट्र बैंकले तोकेको ८ प्रतिशतभन्दा कम रहेको छ। सोही कारणले ती लघुवित्तहरु कारबाहीमा परेका हुन्।

न्यूनतम पुँजीकोष आरम्भ चौतारी लघुवित्तको ७.७७ प्रतिशत, गणपति लघुवित्तको ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.०१ प्रतिशत र सीवाईसी लघुवित्तको ६.२० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS