काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय कार्यालयले सीएएमआईएस (केमिस) प्रणालीमार्फत अब कम्पनी दर्तासँगै अनलाइनबाटै स्थायी लेखा नम्बर (प्यान) डाउनलोड गर्न सकिने गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणालीमा अन्तरआबद्धता गर्नेसम्बन्धी समझदारीपत्रमा गत वैशाख ३१ गते हस्ताक्षर भएको थियो।
सोही समझदारीबमोजिम अन्तरआबद्धतामा विकास गरिएको प्रणालीलाई कार्यालयको केमिस प्रणालीमा असार १५ गते सोमबार लाइभ गरिएको कार्यालयले जनाएको छ। योसँगै अब कार्यालयमा दर्ता हुने कम्पनीहरुको प्यान र सोको प्रमाणपत्र केमिस प्रणालीमार्फत सेवाग्राहीले सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको हो।












