काठमाडौं । आज नेप्से परिसूचक २४ दशमलव ६३ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० दशमलव ८० प्रतिशतका दरले कमाएका छन् ।













