काठमाडौं । एसियामा हराएका र चोरी भएका विलासी घडीको बीमा दाबी सबैभन्दा छिटो बढेको छ। बीमा कम्पनीहरुले विगत ३ वर्षमा विलासी घडीको बीमा दाबी औसत २१ प्रतिशतले वृद्धि भएको जनाएको छ।
द वाच रजिस्टरको नयाँ अनुसन्धानअनुसार एसिया, अमेरिका, युरोप र मध्यपूर्वका १०० बीमा घाटा समायोजक र दाबी प्रबन्धकहरुको सर्वेक्षणले विश्वव्यापी रुपमा विलासी घडीहरुको दाबी औसत १७ प्रतिशतले बढेको पत्ता लगाएको छ। लगभग ६७ प्रतिशत उत्तरदाताले बीमा दाबीहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म वृद्धि भएको जनाएका छन्। जब कि ९ प्रतिशतले २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म वृद्धि देखेका उत्तर दिएका छन्।
यसको तुलनामा संयुक्त राज्य अमेरिकाका बीमा कम्पनीहरुले औसत १५ प्रतिशतसम्म वृद्धि भएको जनाएका छन्। बीमा कम्पनीहरुले दाबीहरु बढ्दै जाने अनुमान गरेका छन्। आगामी ३ वर्षमा औसत २४ प्रतिशतले वृद्धि हुने उनीहरुको अनुमान छ।
आधाभन्दा बढी (५४%) उत्तरदाताले दाबीहरु १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन्। जब कि ३२ प्रतिशत उत्तरदाताले २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन्।
सर्वेक्षणले यो पनि पत्ता लगायो कि ७७ प्रतिशत बीमा कम्पनीहरुले अन्जानमा चोरी भएका घडीहरु खरिद गर्ने ज्वेलर्सबाट बढी दोषपूर्ण शीर्षक दाबीहरु देखेका थिए। त्यसैले ८३ प्रतिशत बीमा कम्पनीले अब बीमितहरुलाई त्यस्ता दाबी भुक्तानी गर्नुअघि चोरी भएका घडीहरुको डाटाबेस जाँच गर्न आवश्यक छ।
वाच रजिस्टरले आफ्नो सुरुआतदेखि नै ५ हजारभन्दा बढी हराएका र चोरी भएका घडीहरु पहिचान गरेको र गत वर्षमात्र ३४ देशमा चोरी भएका घडीहरु पत्ता लगाएको जनाएको छ। –एजेन्सी












