IME Life New

सही सूचना लिएर सुरक्षित कर्जा प्रवाह गर्नुपर्छः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सही सूचना लिएर सुरक्षित कर्जा प्रवाह गर्नुपर्ने जनाएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै सुरक्षित कर्जा प्रवाहमा जोड दिएको हो। ‘बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको वा लिएको भए सोको अवस्था के रहेछ भने कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

यसैगरी कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितो विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरणलगायतका विस्तृत जानकारी हुने सूचनामा उल्लेख छ।

यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दासमेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS