IME Life New

बीमा प्राधिकरणबाट ११ महिनामा टुंगो लाग्यो ४०% उजुरी, अझै कति छन् बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना जेठसम्म ४० प्रतिशत उजुरी फर्छ्यौट गरेको छ।

प्राधिकरण आफैँले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष जेठसम्म ५६८ वटा उजुरी परेका छन्। जसमा गत आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका उजुरी ३९४ वटा तथा चालु आर्थिक वर्षको जेठसम्म परेका १७४ वटा छन्। यो वर्ष प्राधिकरणको केन्द्रीय कार्यालयमा १२५ वटा प्रदेश कार्यालयहरुमा ४९ वटा उजुरी परेका छन्।

Esewa
Crest

प्राधिकरणमा परेका उजुरीमध्ये जेठसम्म २२८ वटा फर्छ्यौट भएका छन्। जुन कुल उजुरीको ४०.१४ प्रतिशत हो।

प्राधिकरणका अनुसार फर्छ्यौट भएका उजुरीमध्ये १७० वटा फैसला र ५८ वटा सहमतिमा टुंगो लागेको छ। अब ३४० वटा उजुरी टुंगो लाग्न बाँकी छ।

गत आर्थिक वर्षमा पनि प्राधिकरणबाट १३१ वटा उजुरी मात्रै फर्छ्यौट भएको थियो। जब कि उजुरी ५२५ वटा परेको थियो। गत वर्ष प्राधिकरणले करिब २५ प्रतिशतमात्रै उजुरी टुंगो लगाउन सकेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS