IME Life New

नेपाल एसबिआई बैंकद्वारा एमडीएस कप फुटसल टुर्नामेन्ट २०८३ आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागीतामा एमडीएस कप फुटसल टुर्नामेन्ट २०८३ आयोजना गरेको छ । २०८३ असार २८ गते काठमाडौं स्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले कर्मचारीहरू बीच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै, कार्यस्थल बाहिर पनि टीमवर्क र सकारात्मक ऊर्जा विकास गर्न यस्ता खेलकुद गतिविधिहरू उपयोगी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रतियोगितामा बैंकको व्यवस्थापन टोलीहरु र महिला टोलीहरुबीच प्रदर्शनी खेलहरू आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन समेत सक्रिय सहभागीता रहेको थियो ।

Esewa
Crest

जसमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबद्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, बागमति प्रदेश प्रमुख, सुशिल राज श्रेष्ठ र बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

देशभरिबाट १५० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त प्रतियोगितामा कर्मचारीहरूले उत्साहपूर्वक सहभागीता जनाउँदै संस्थाभित्र एकता र सहकार्यको भावनालाई थप सुदृढ बनाएका थिए ।

कार्यक्रम समापनका अवसरमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीहरूलाई पुरस्कार, प्रमाणपत्र वितरण गरेका थिए ।

समापन मन्तव्यका क्रममा प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले बैंकको कर्मचारी संलग्नता, सहकार्य र स्वस्थ संस्थागत संस्कृतिलाई अझ सुदृढ बनाउने कुरामा जोड दिए ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS