IME Life New

११ महिनामा करिब रु. ९३ अर्बको बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना (साउन–जेठ)सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्म कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए। अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी २७.३७ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरुबाट ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी २ लाख ६५ हजार २०४ वटा दाबीको हो।

अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको जेठसम्म निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ।

गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरुको दाबी भुक्तानी रकम बढेको हो।

चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। जसमा जीवन बीमकहरुले ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS