काठमाडौं । के तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा धेरै अर्बपति कुन सहरमा छन् ? हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार अमेरिकाको न्युयोर्कमा विश्वमा सबैभन्दा धेरै अर्बपति छन्। जसको संख्या १४६ छ।
अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका शीर्ष १०० कम्पनीहरुमध्ये आधाभन्दा बढी यही देशका छन्। यद्यपि, अर्बपतिहरुको संख्या चीनमा पनि द्रुत गतिमा बढिरहेको छ।
विश्वमा सबैभन्दा धेरै अर्बपति भएका ३२ सहरमध्ये १८ एसियामा छन्। जसमा चीनले यो संख्याको ३४ प्रतिशत ओगटेको छ।
न्युयोर्कपछि चीनको शेन्जेनमा सबैभन्दा धेरै अर्बपतिहरु छन्। जसको संख्या १३२ छ। चीनको सांघाईमा १२० अर्बपति छन् र चीनको बेइजिङमा १०७ अर्बपति छन्।
बेलायतको राजधानी लन्डनमा १०२ अर्बपति छन् भने भारतको आर्थिक राजधानी मुम्बईमा ९५ अर्बपति छन्। त्यसपछि हङकङ (८८), सान फ्रान्सिस्को (८६), मस्को (८२) र चीनको हाङझाउ (६५) छन्।
भारतको राजधानी दिल्लीमा ६४ अर्बपति छन्। यसपछि सिंगापुर (५९), ताइपेई (५१), पेरिस (४४), साओ पाउलो (४१), ग्वाङ्झाउ (४१), लस एन्जलस (४०) र बैंकक (४०) छन्। इन्डोनेसियाको राजधानी जकार्तामा ३२ अर्बपति, जापानको टोकियोमा ३१, टर्कीको इस्तानबुलमा ३१ र भारतको आईटी राजधानी बेंगलुरुमा ३० अर्बपति छन्। स्टकहोममा २९ अर्बपति, मिलानमा २८, टोरन्टोमा २६, मेलबर्नमा २४ र दुबईमा २४ अर्बपति छन्।












