काठमाडौं । जन्मदिनको अवसरमा आफना लाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य भोज उपहारका सामान भन्दा आफ्नो र आफ्नो आफन्तको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।
यसैक्रममा बिर्तामोड ७ ,झापा घर भइ रामेछापको मन्थलीमा लामो समयदेखि ब्युटिपार्लर ब्यबसाय गर्दै आइरहेका गोमा श्रेष्ठ खड्का र सागर खड्काले आफ्नो छोरी रिहाना खड्काको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मार्फत १० लाख रुपैयाँको रिलायबल सुलभ जीबन बीमा पोलिसी उपहार दिएका हुन्।
साथै,उनले विभिन्न नाममा हुने अनावश्यक खर्चलाई कटौती गर्दै बचत गर्नु पर्ने रहेछ भन्ने सोचको विकास हुने र भबिस्यमा आइपर्ने आर्थिक समस्या समाधान हुने भएकोले आफूले जन्मदिनमा उपहार स्वरुप जीवन बीमा गरिदिएको बताएका छन् ।












