काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८२ पुस २९ गते स्वीकृत भएपछि नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किमिसका बीमालेखअन्तर्गत आर्थिक वर्ष २०८३।८४ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धारण गरिएको हो।
कम्पनीले सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह (३), बाल समूह (६), सामूहिक सावधिक जीवन बीमा (जी) र राष्ट्रसेवक सावधिक जीवन बीमा (आरएसके) ० देखि ९ वर्षसम्म र ३० र सोभन्दा माथिका सबै प्रतिहजार ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा (७) योजनामा १५ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि पनि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर दिने निर्णय गरेको छ।
संयुक्त जीवन योजना (९), जीवन सिन्धु (२) र बात्सल्य (८) बीमा योजनामा पनि कम्पनीले सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर निर्धारण गरेको छ।
कम्पनीको आगामी बीमांकीय नभएसम्मका लागि अन्तरिम बोनसदर माथि उल्लेखितबमोजिम नै कायम गरिने कम्पनीले स्पष्ट पारेको छ।












