IME Life New

धानबाली किसानका लागि राहातको खबर आउँदै, वर्षा थोरै भए तत्कालै क्षतिपूर्ति पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषिबाली बीमामा आधुनिक प्रविधिको संयोजनमा नवप्रवर्तन गरिरहेको कम्पनी प्लान्ट स्याटले न्यून वर्षाका कारण हुने धानबाली क्षतिको बीमा योजना पनि प्रचलनमा ल्याउने भएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सले यो बीमा योजना स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको छ। प्राधिकरणबाट स्वीकृत भएलगत्तै यो बीमालेख कार्यान्वयनमा ल्याउने योजना रहेको प्लान्ट स्याटले जानकारी दिएको छ। यो बीमा योजनाअन्तर्गत प्रत्येक वर्ष कात्तिक र मंसिर महिना भर हुने धानबाली खेतीमा लागू हुनेछ।

Esewa
Crest

प्रस्तावित प्रावधानअनुसार तोकिएको भन्दा थोरै वर्षा भएमा किसानको बैंक खातामा एक साताभित्रै बीमकले क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्नेछ। किसानले धानबाली नसप्रिएको भन्दै बीमा कम्पनीलाई जानकारी गराउनुपर्दैन, जेटिए र प्राविधिकबाट क्षतिको मूल्याङ्कन गराएर गाउँपालिका वा नगरपालिकाको सिफारिसका लागि धाउनुपर्दैन। एकपटक धानबाली बीमा गरिसकेपछि त्यो वर्षको बालीका लागि बीमकले नै क्षति निर्धारण र क्षतिपूर्तिबापतको रकम वितरणको काम सक्रियतापूर्वक गर्छ।

प्लान्ट स्याटका अनुसार अधिक गर्मीका कारण गाईभैँसीको दूध उत्पादन क्षमता घट्दा किसानलाई हुने नोक्सानीविरुद्धको क्षतिलाई पूर्ति गर्ने पनि बीमा योजना कार्यान्वयमा ल्याइएको छ। यो बीमा योजनाअन्तर्गत हालसम्म कुल १ हजार ६२७ चौपायाको बीमा गरिएको छ।

मौसमी तापक्रमका कारण गाईभैँसीको नियमितभन्दा थोरै दूध उत्पादन भएमा पशुपालक किसान वा डेरी फार्म सञ्चालकले क्षतिपूर्तिबापतको रकम भुक्तानी प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS