IME Life New

स्थलगत क्षति मूल्याङ्कन बिनै बाँके बर्दियाका मकै किसानले पाए क्षतिपूर्ती, तर कसरी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका किसानले खेतमा प्राविधिक(सर्भेयर) आएर क्षतिको मूल्याङ्कन नगर्दै बाँके, बर्दियाका किसानले बीमा कम्पनीबाट क्षतिपूर्ती पाएका छन्। माैसमी प्रतिकुलताका कारण मकैबाली सप्रिन नसकेपछि बीमा कम्पनीले पूर्व निर्धारित माैसमी सूचकांकका आधारमा बीमित किसानलाई तत्कालै खातामा क्षतिपूर्ती रकम उपलब्ध गराएको हो।

नेपाल बीमा प्राधिकरणले माैसमी सूचकांकमा आधारित ‘प्यारामेट्रिक बीमा’ लागू गरेपछि किसानले पहिलो पटक माैसमको अवस्थाकै भरमा क्षतिपूर्ती दाबी पाएका हुन्।

Esewa
Crest

कृषी बीमामा प्रविधिको प्रयोग गरिरहेको कम्पनी प्लाण्ट स्याटका अनुसार, किसानले कुनै दाबी फारम नभर्दै, सर्भेयरले खेतमा स्थलगत अवलोकन नगर्दै, क्षतिपूर्ती दाबी गर्न किसानले कुनै पनि कार्यालय नधाएरै क्षतिपूर्ती वापतको रकम पाएका छन् । क्षतिपूर्तीवापतको रकम भुक्तानी प्राप्त गर्न किसानले एक साता पनि पर्खनुपरेन।  माैसमी तथ्याङ्कको भरमै किसानले ७ कार्य दिन भन्दा कम समयमा बीमा वापतको क्षतिपूर्ती रकम भुक्तानी पाएका हुन् ।

१३५२ मकै किसानहरूलाई उनीहरूको सहकारीहरू मार्फत २६ लाख ३२ हजार २४० लाख रूपैयाँ वितरण गरिएको प्लाण्ट स्याटले जानकारी दिएको छ।

बीमालेखमा बाँके, कैलाली र कञ्चनपुर जिल्लाहरूमा लगातार दिनसम्म तापक्रम ३९ डिग्री सेल्सियस नाघेपछि, बीमाङ्क रकममध्ये २० प्रतिशत रकम क्षतिपूर्ती भुक्तानी दिनुपर्ने प्रावधान छ। यही प्रावधानका आधारमा प्लाण्ट स्याटले दिएको विवरणको आधारमा बीमक युनाइटेड अजोडले बीमित किसानको सहकारी खातामै २० प्रतिशत रकम भुक्तानी गरिदिएको हो।

प्लाण्ट स्याटले निर्जीवन बीमक र विदेशी दातृ संस्थाको सहयोगमा तराईका ६ जिल्लाहरूमा ३,९९२ मकै किसानहरूलाई बीमा कार्यक्रममा आबद्ध गरेको छ । ती किसानहरू ९४ सहकारीहरू मार्फत ९०९.११ हेक्टर क्षेत्रफलमा मकैबाली खेती गर्ने किसान हुन्। माैमसी सूचकांकमा आधारित बीमा कार्यक्रममा सहभागिताका लागि उनीहरूको खेतबारीको सम्पूर्ण विवरण प्लाण्ट स्याटले विकास गरेको  पूर्ण अभाैतिक प्रविधि (डिजिटल प्लेटफर्म) मा समावेश गरिएको थियो।

नेपालको परम्परागत कृषि बीमामा दाबी भुक्तानी गर्न ३ देखि ४ महिना सम्म समय लाग्छ। क्षतिपूर्ती लिनका लागि किसानले वडा कार्यालय, वन डिभिजन र स्थानीय नगरपालिकाबाट कागजी प्रमाण जुटाउनुपर्छ। यसबाहेक उनीहरू कागजपत्र जुटाउँदै बीमकको कार्यालयमा धाउनुपर्छ, बीमकले पनि क्षतिपूर्ती मूल्याङ्कनका लागि खेतमै सर्भेयर परिचालन गर्नुपर्छ । अनि मात्र क्षतिपूर्ती निर्धारण र भुक्तानीको प्रकृया शुरू हुन्छ।

माैसमी सूचकांकमा आधारित क्षतिपूर्ती दाबी सम्बन्धि प्रकृया सफलतापूर्क सम्पन्न भएपछि प्लाण्टस्याटले भनेको छ, ‘हामीले नयाँ बीमा उत्पादनको परिक्षण मात्र गरेनौं। हामीले एउटा मोडेल प्रमाणित गर्‍याैं।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS