काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०८ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक ०.५८ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ८५ वटा कम्पनीको शेयरभाउ बढ्दा १७० वटा कम्पनीको घटेको छ। आज २० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई डिबेन्चरको भएको छ। शेयर बजार घट्दा लगानीकर्ता ऋणपत्रतिर आकर्षित भइरहेका छन्।
उच्च कारोबार भएका शेयर र ऋणपत्र
- ग्लोबल आइएमई डिबेन्चर २०८६।८७ः ३३ करोड १६ लाख रुपैयाँ
- ग्लोबल आइएमई डिबेन्चर २०८४।८५ः २८ करोड ५७ लाख रुपैयाँ
- नेपाल बैंक डिबेन्चरः २२ करोड ३४ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १५ करोड ३४ लाख रुपैयाँ
- सिटी होटलः ११ करोड ५४ लाख रुपैयाँ
- बीओके डिबेन्चरः ११ करोड २२ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १० करोड रुपैयाँ
- सोपाल फर्मास्युटिकल्सः ९ करोड ६३ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ८ करोड ३२ लाख रुपैयाँ
- शिवम सिमेन्टः ८ करोड १८ लाख रुपैयाँ












