IME Life New

होर्मुजमा निःशुल्क आवागमन बन्द गर्दै इरान, वार्षिक ४० अर्ब डलर ट्रान्जिट शुल्क असुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका–इरान युद्ध समाप्त भएपछि होर्मुज समुद्रीमार्ग खुलेको छ। तर, अब यो समुद्री मार्गबाट निःशुल्क आवागमन चाँडै बन्द गर्ने योजनामा इरान रहेको छ।

होर्मुजमा जहाजहरुबाट शुल्क लिने योजना कार्यान्वयन गर्न इरान ओमान र अन्य छिमेकी देशहरुसँग वार्तामा छ। तेहरानले होर्मुजबाट वार्षिक लगभग ४० अर्ब डलर कमाउने योजना बनाएको छ। इरानले यसबाट गुज्रने जहाजहरुमा टोल लिने बारम्बार जनाउँदै आएको छ।

Esewa
Crest

द वाल स्ट्रिट जर्नलका अनुसार इरान होर्मुजका लागि एउटा प्रमुख योजनामा काम गरिरहेको छ। तेहरानले यो महत्वपूर्ण समुद्रीमार्गमा सुरक्षा र वातावरणीय सेवाहरुका लागि जहाजहरु शुल्क लिई वार्षिक ४० अर्ब डलरसम्म कमाउने आशा राखेको छ। यो प्राप्त गर्न खाडी देशहरु र अन्य सहयोगीहरुसँग छलफल भइरहेको छ।

होर्मुजबाट इरानको आम्दानी

‘इस्लामावाद ज्ञापनपत्र’ले होर्मुजको भविष्य व्यवस्थापनबारे उल्लेख गरेको छ। तर, यसले ट्रान्जिट शुल्कका लागि कुनै प्रावधान निर्धारण गरेको छैन। इरानको नयाँ प्रस्ताव दिगो आम्दानी उत्पन्न गर्ने व्यवस्थापन मोडेल हो। यसअन्तर्गत होर्मुजहुँदै आवतजावत गर्ने जहाजहरुले इरानलाई सुरक्षा र वातावरणीय संरक्षण सेवाहरुका लागि निश्चित रकम तिर्नेछन्।

इरानी अधिकारीहरुको विश्वास छ कि होर्मुज खोल्दा यो समुद्रीमार्गको व्यवस्थापनलाई पुनः परिभाषित गर्ने अवसर प्रदान गर्दछ। इरानले छिमेकी खाडी देशहरु विशेषगरी ओमान, यस पहलमा सामेल हुन र आम्दानीमा साझेदारी गर्न चाहन्छ। तेहरानले यो योजना चीनजस्ता देशहरुलाई प्रस्तुत गरेको बताइएको छ।

खबरहरुअनुसार इरानले आफ्नो प्रस्ताव विकास गर्न अन्तर्राष्ट्रिय उदाहरणहरुको अध्ययन गरिरहेको छ। इरानी अधिकारीहरुले विशेष रुपमा टर्कीको डार्डेनेल्स जलमार्गको व्यवस्थापनलाई मोडेलका रुपमा उद्धृत गरेका छन्। सन् १९३६ को मोन्ट्रो कन्भेन्सनअन्तर्गत टर्कीले यस जलमार्गमा लाइटहाउस, उद्धार र सरसफाइ सेवाहरुका लागि जहाजहरु शुल्क लिन्छ।

इरानको विश्वास छ कि होर्मुजका लागि यस्तै व्यवस्था स्थापित गर्न सकिन्छ। यद्यपि, दुई परिस्थितिहरु मौलिक रुपमा फरक छन्। कानुनी विज्ञहरुका अनुसार होर्मुजका लागि कुनै पनि दीर्घकालीन शुल्क प्रणालीलाई इरानले एकतर्फी कारबाही गर्नुको सट्टा अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) बाट व्यापक अन्तर्राष्ट्रिय स्वीकृति आवश्यक पर्नेछ।

अमेरिकाको विरोध

अमेरिकाले शुल्क लिने इरानको प्रस्तावको विरोध गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुजमा शुल्क असुल्ने मुद्दामा भने, ‘विश्वको कुनै पनि देशलाई अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको लागि शुल्क लिने अधिकार छैन। यो कुनै पनि सम्झौताको स्वीकार्य अवस्था कहिल्यै हुने छैन।’

हालको अमेरिका–इरान सम्झौताअन्तर्गत हर्मुज प्रारम्भिक ६० दिनको कार्यान्वयन अवधिमा शुल्कमुक्त रहनेछ। ओमानले आफ्नो क्षेत्रीय पानीमार्फत निर्माण गरिएको कुनै पनि अस्थायी ढुवानी करिडोर ट्रान्जिट शुल्कबाट मुक्त हुने र अन्तर्राष्ट्रिय समुद्री संगठनसँग समन्वय गरिने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS