IME Life New

नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा असार ३२ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले असार ३२ गते आफ्नो १९औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे ह्वाइट प्यालेस व्याङ्क्वेट मध्यपुर थिमी ३, कौशलटारमा गर्ने जनाइएको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।
सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/०८६३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालक नियुक्ति भएको जानकारी गराउने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहमा रिक्त १ जना सज्चालक पदमा बाँकी अवधिको लागि सञ्चालक समितिले नियुक्त गरेको सञ्चालक अनुमोदन गर्ने, वित्तीय संस्थाको पुँजीबृद्धि योजना अनुसार नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा मात्र जारी गर्ने गरी प्रचलित कानून तथा व्यवस्थाको अधिनमा रही सन्चालक समितिले प्रस्ताव गरे बमोजिम तत्काल कायम रहेको चुक्ता पुँजीको १ः०.२५ को अनुपातमा चौंतीस करोड चौरानब्बे लाख एकचालीस हजार अठसाठ्ठी रुपैयाँ बराबरको प्रति कित्ता एकसयको ३४,९४,४१०६८ कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ ।

साथै उक्त कार्यको लागि सम्बन्धित निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम फेरबदल वा संशोधन गर्ने, संस्थाको प्रबन्धपत्र, नियमावली समसामयिक थप संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

1782356994036

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS