काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कडा नीति ल्याएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै कडा व्यवस्था ल्याएको हो।
संशोधित व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक तथा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४/७ कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ। त्यस्ता कार्यका लागि डेडिकेटेड कन्ट्याक्ट नम्बर आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।
यसैगरी कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले इजाजतपत्रप्राप्त संस्थासँग विवरण माग गरेमा सोझै यथाशीघ्र उपलब्ध गराउने ब्यवस्था मिलाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।












