काठमाडौं । युरोपमा गर्मीको कहरले जनजीवन व्यापक प्रभावित भएको छ। फ्रान्स, स्पेन र इटाली यस तीव्र गर्मीबाट सबैभन्दा बढी प्रभावित देशहरु हुन्।
स्पेनका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। फ्रान्सको औसत तापक्रम मंगलबार २९.८ डिग्री सेल्सियस पुगेको थियो। यसले गर्दा यो अहिलेसम्मकै सबैभन्दा तातो जुन रात रेकर्ड गरिएको छ।
फ्रान्सेली मौसम एजेन्सी मेतियो फ्रान्सका अनुसार सोमबार देशको सबैभन्दा तातो जुन रात पनि थियो। जसको औसत न्यूनतम तापक्रम २१.६ डिग्री सेल्सियस थियो। एजेन्सीका अनुसार देशको आधाभन्दा बढी भागमा रेड अलर्ट जारी गरिएको छ। –एजेन्सी












