काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयर संरचना परिवर्तन गरेको छ।
संस्थाले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्दै संस्थापक शेयर संरचना परिवर्तन गरेको हो। यसका लागि संस्थाले १ लाख २६ हजार २३४.४६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरेको छ।
योसँगै अब संस्थामा संस्थापकको शेयर स्वामित्व ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत कायम भएको छ।












