IME Life New

अभियान लघुवित्तले डाक्यो छैटौं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड असार ३० गते मंगलवार आफ्नो छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा विहान ११ बजे ताम्राकार पार्टी भेन्यु, पनौती न.पा. वडा नं ४, काभ्रेपलाञ्चोकमा गर्ने भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वार्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा जारी गर्नेगरी सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १ः१ को अनुपातमा प्रति कित्ता एक सय रुपैयाँका दरले हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले उक्त कार्यको लागि सम्बन्धित नियामकीय निकायवाट कुनै फेरबदल वा संशोधनको लागि निर्देशन प्राप्त भएमा सोही बमोजिम फेरबदल वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने या प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति या समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS