काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकार्यधनीले ५ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।













