काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन-चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला आज सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ५९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।












